‘अबको लडाई गरिवीको अन्त्य गर्ने हो’: उम्मेदवार गुरूङ

पाेखरा | कात्तिक २९, २०७९

‘अबको लडाई गरिवीको अन्त्य गर्ने हो’:   उम्मेदवार  गुरूङ

पोखराः   नेकपा एमाले कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मनबहादुर गुरूङले अबको लडाई गरिवी अन्त्य गर्ने लडाइँ रहेको बताएका छन् । 


मंसिर ४ गते हुने निर्वाचन केन्द्रित प्रचारप्रसार कार्यक्रम अन्तर्गत पोखरा २९ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


नेकपा एमालकोे कास्की जिल्ला अध्यक्ष समेत रहेका उनले देशमा राजनीतिक परिवर्तन आईसकेको र अव विकास र समृद्धिका लागि काम गर्ने बेला भएको उल्लेख गरे । 


तर, केही तत्व प्राप्त उपलब्धिलाई उल्ट्याउने खेलमा रहेको हुँदा जनता सचेत बन्नुपर्ने उनको भनाई छ । ‘राजनीतिक परिवर्तन भयो । अब विकास र समृद्धिका लागि काम गर्न मेरो उम्मेदवारी हो ।’ उनले भने –‘यसका लागि तपाईहरुले सुर्य चिन्हमा मतदान गरेर एमाले उम्मेदवारलाई विजयी गराउनुहुन म अनुरोध गर्दछु ।’
 

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्